इटहरी उपमहानगरपालिकाले  असोज २ गते देखि ४ वटा बिद्धुतिय बस संचालन गर्ने भएको छ । आज उपमहानगरले पत्रकार सम्मेलन गर्दै असोज दुई गते बनट नगरका सर्वसाधारणले सुलभ मुल्यमा नगर बसको सेवा लिन पाउने जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलले प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइने र सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध गराउने बताएका छन् ।

मेयर पौडेलले विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने जिकिर गरेका छन्। उनले अब थोरै शुल्क रु २० मा नै इटहरी घुम्न र आवस्यक स्थान सम्म पुग्ने बताए । पौडेलले थप्दै भने नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउने हाम्रो उदेश्य हो । 

भोलि असोज १ गते विश्वकर्मा पुजा गरेर बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।धरान९विराटनगर सडकमा तरहरादेखि वडा नं। १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला मिलन चोक देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं।१० टावर हुँदै वडा नं।११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं।१६, वडा नं।१५ को चाँदवेला सीमाना हुँदै वडा नं। १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने उपमहानगरका प्रवक्ता एबं ६ नम्बर वडा अध्यक्ष दिवश पोख्रेलले जानकारी दिएका छन् । पोख्रेलले यस नगर बस सेवाले नागरिकहरूको दैनिक यात्रा  सहज र सुविधाजनक बनाउने विश्वास लिएको बताएका छन् ।