तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति कप फुटबल प्रतियोगितामा इटहरी फुटवल क्लव इटहरी ले छथर गाँउपालिका तेह्रथुम लाई शुन्यको बिरुद्ध २ गोल गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
खेलभर दबाबमा राखेको छथर गाउँ पालिकालाई इटहरी फुटबल क्लबले हाफ अगाडि नै ० - १ गोलको अग्रता लिएको थियो । अनुभवी खेलाडीहरूले भरिएको इटहरी फुटबल क्लवले दोश्रो हाफमा १ गोल थप्दै आफ्नो जितलाई सुनिश्चित गर्यो ।
इटहरी फुटबल क्लबको लागी आशिष् रानामगरले र बिरेन लिम्बुले १,१ गोल गरेका थिए । अब इटहरी फुटबल क्लबले थ्री स्टार क्लब तेह्रथुम सँग १२ गते खेल्नेछ । जारी प्रतियोगिता बिजेताले नगद २ लाख ट्रफी र मेडल प्राप्त गर्ने छ त्यस्तै उपबिजेताले नगद १ लाख मेडल र ट्रफी प्राप्त गर्ने छ ।




















