इटहरी । आज इटहरीमा निकाले रथ यात्रा लाई ब्यवसथीत गर्न कोशी प्रदेश ट्राफिक कार्यालयले ठुला गाडी बाईपास गर्ने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज इटहरीमा भब्य रथयात्रा निकालीने गरेको छ । सयौं श्रद्घालु भक्तजनको उपश्थीतिमा हुने रथ यात्रा लाई थप ब्यवस्थीत गर्न ट्राफिक कार्यालयले ठुला गाडी बाईपास गर्न लागेको कोशी प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरिक्षक चन्द्र खड्काले जानकारी दिएका छन् । 

खड्काले रथयात्रा समितिले दिएको जानकारी अनुरा इटहरीमा ४ बजे देखी ६ बजे सम्म इटहरी भएर जाने सवारी लाई बाई पास गर्ने बताए । खड्काले पश्चीम बाट आएका ठुला सवारी, बिराटनगर जाने लाई इनरुवा बाटनै पठाउने र धरान जाने लाई राजश्व ढाट बाट बाईपास गरीने जानकारी दिएका छन् । उनले पुर्व बाट आउने सबारी कुनै केहि समय होल्ड गरीने र बाईपास जाने खुल्ला भए भित्री बाटो बाट पठाउने तयारी गरिएको जानकारी दिएका छन् । 

इटहरी ९ मा रहेको श्री राधाकृष्ण मन्दिर बाट करिब ४ बजे रथ निकालीने तयारी भएको रथयात्रा समितिका संयोजक कृष्ण खड्काले बताए । बिराटनगर लाईन बाट निकालीने रथयात्रा इटहरी चौक चारैतिर घुमाईने र पुन मन्दीरमै ल्याएर बिसर्जन गरीने खड्काले बताएका छन् ।