दुलारी, मोरङ — दुलारी युवा स्पोर्टिङ्ग क्लबको आयोजनामा जारी दोस्रो दुलारी कप नकआउट फुटबल प्रतियोगितामा गैरी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा गैरीले खोक्सी युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

गैरी युवा क्लबका पुजन चौधरीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने विवश गुरुङले एक गोल थपे। खोक्सी युवा क्लबका सिसम चौधरीले एक मात्र सान्त्वना गोल फर्काएका थिए।

उक्त खेलमा निर्णायक प्रदर्शन गर्ने पुजन चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए। आयोजक क्लबले उनलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरेको छ।

दुलारी कप नकआउट फुटबल प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ। विजेता टिमले ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगिता अन्तर्गत जेठ ७ गतेको पहिलो सेमिफाइनल खेल सिद्धार्थ समाज युवा क्लब र वेलगाछी युवा स्पोर्टिङ्ग क्लबबीच हुने जानकारी कार्यक्रम संयोजक बालकृष्ण रायमाझीले दिएका छन्।