सुन्दरहरैंचा, – दुलारी युवा स्पोर्टिङ्ग क्लबको आयोजनामा जारी दोस्रो दुलारी कप नकआउट फुटबल प्रतियोगितामा आयोजक दुलारी युवा स्पोर्टिङ्ग क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार सम्पन्न खेलमा आयोजक टोलीले रामधुनीयुवा क्लब, सुनसरीलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलमा दुलारी क्लबका युनिष तामाङ र राम मगरले दुई९दुई गोल गरेका थिए भने रामधुनीका निश्चल खत्रीले सान्त्वना गोल फर्काए।

उत्कृष्ट प्रदर्शन गरेका युनिष तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए। आयोजक क्लबले उनलाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गर्‍यो।

प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ। विजेता टिमले ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिता अन्तर्गत जेठ ५ गतेको खेल सिदार्थ युवा समाज र सुन्दर भेट्रान्स बीच हुने कार्यक्रम संयोजक बालकृष्ण रायमाझीले जानकारी दिएका छन्।