भुटानमा भइरहेको साफ यु १७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १(० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५ -१ ले पराजित भएको थियो ।