एन्फा महिला लिग फुटबलमा कोक्की प्रदेशले आइतबार कर्णाली प्रदेशलाई ४्र्० ले पराजित गरेको छ । जारी लिगमा कोशी प्रदेशको यो लगातार तेस्रो जित हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशीका लागि र्णिमा राईले दुई तथा समिक्षा मगर र प्रतिक्षा राईले एक(एक गोल गरे ।
पुर्णिमाले खेलको ३४औं मिनेटमा गोल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल मात्र गरेको कोशीले दोस्रो हाफमा तीन गोल थप्यो ।
समीक्षाले ६६औं मिनेटमा गोल गर्दै कोशीको अग्रता दोब्बर पारिन् । पुर्णिमाले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने प्रतिक्षाले ७४औं मिनेटमा गोल थपिन् ।




















