घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर तामाङले एक गोल फर्काए ।

बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिमविरुद्ध बंगलादेशले ३–० को अग्रता बनायो ।

खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा नेपालले एक गोल फर्कायो । नेपालको तर्फबाट फरवार्ड समिर तामाङले गोल गरे । तर उनको यो गोल नेपाललाई खेलमा फर्काउन पर्याप्त बनेन । खेलको इन्जुरी समयमा नोभाले गोल गरेपछि बंगलादेशले ४(१ को सहज जित सुनिश्चित गरेको हो । यसअघि प्रतियोगिताको समूह चरणमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । तर फाइनलमा भने बङ्गलादेश नेपालमाथि पूर्णरूपमा हावी रह्यो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशसँगै कुल ६ टोलीको सहभागिता थियो ।