साफ यू २० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गरेका छन्। पहिलो हाफको खेल सकिदा नेपालले अग्रता लिएको छ। नेपालका लागि निराजन धामीले २४ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा नेपाल खेलमा हाबी भयो। तर नेपाली फरवार्ड फिनिसिङमा भने चुके।
साफ यू(२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।
यसअघि मंगलबार एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रारम्भिक चरणको खेलमा दशरथ रंगशालामा खेल भएको थियो।




















