काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३(२ को सेटमा जित निकालेको हो।
पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो।
खेलमा नेपालले पहिलो सेट २५(१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५(१२ ले जितेसँगै खेल १(१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५( १७ ले जित्यो भने चौथो सेटमा भारत २५(१८ ले विजयी भयो।
निर्णायक पाँचौ सेट १५(१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।
अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ।




















