सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो ।
मृतकको नाम ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।




















