इनरुवा : नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले आज नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालयको अनुगमन गर्नुभएको छ।

भण्डारीले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएको क्षतीको स्थलगत निरीक्षण गर्नुभएको हो। अनुगमनका क्रममा उहाँसँग उपसभापति नगेशचन्द्र राई र पंकज महतो समेत सहभागी  हुनुहुन्थ्यो।

अनुगमनपछि सभापति भण्डारीले आन्दोलनका कारण कार्यालयमा पुगेको क्षती तत्काल मर्मतसम्भारको आवश्यकतामा रहेको जनाउनुभयो। उहाँले पार्टी संरचना सुरक्षित राख्न र शान्तिपूर्ण तरिकाले आफ्नो असन्तुष्टि व्यक्त गर्न सबै पक्षलाई आग्रह पनि गर्नुभयो।

साथै, नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्ध रहेको र कुनै पनि सार्वजनिक सम्पत्तिमा क्षती पु¥याउनु उचित नभएको भन्ने धारणा पनि व्यक्त गर्नुभएको छ।