मोरङको विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राखिएका सबै बालक ९बिझ्याइँकर्ता० सामूहिक रूपमा फरार भएका छन् । उनीहरू समूहमा सुधारगृहबाट निस्किएर फरार भएका प्रहरीले जनाएको छ । उनीहरू विभिन्न स्थानमा बाटो खोज्दै भौँतारिँदै हिँडिरहेका देखिएका छन् । उनीहरूले चर्को होहल्ला गर्दै हिँडेको स्थानीयले बताएका छन् ।
सुरक्षाकर्मी परिचालन गरी उनीहरूको खोजीकार्य तीव्र पारिएको छ ।




















