सप्तरीको कञ्चनरूप नगरपालिका–८, चाँदनी चोकनजिक चन्द्रनहरमा डुबेर एकजनाको मृत्यु भएको छ । कञ्चनरूप–७, बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका निम्ति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ । रासस




















