राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले रवि लामिछानेलाई राखिएको रूपन्देही कारागार सुविधा र सुरक्षाका दृष्टिकोणले अनुपयुक्त रहेको बताएको छ । मंगलबार लामिछानेसँगको भेटपछि लिङदेनले आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित गरिएको बताएका छन् ।
देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ । भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त छ,ू भेटपछि लिङदेनले फेसबुकमा लेखेका छन् । उनका अनुसार, लामिछानेसँग भेटमा राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रूपन्देहीमा हुने उपनिर्वाचनलगायत विषयमा कुराकानी भएको थियो ।
लिङदेनले लामिछानेलाई तत्काल काठमाडौं सार्न गृहमन्त्रीसँग आगह्र पनि गरेका छन् ।




















