इक्वेडरको एक नाइट क्लबमा आइतबार भएको गोलाबारीमा आठजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार यो गोलाबारी तटीय प्रान्त गुआयासको सान्ता लुसियाको ग्रामीण क्षेत्रमा भएको हो । यो देशको सबैभन्दा खतरनाक क्षेत्रमध्ये एक मानिन्छ ।
प्रहरीका अनुसार सातजनाको मृत्यु क्लबमै भएको थियो । बाँकी एकजनाको अस्पतालमा मृत्यु भएको थियो । मृतक सबै २० देखि ४० वर्ष उमेर समूहका छन् । प्रहरीका अनुसार हमलाकारी हतियारसहित दुईवटा मोटरसाइकलमा आएका थिए । गोलाबारीको कारण अझै स्पष्ट हुन सकेको छैन । रोयटर्स




















