सुनसरी । करीब दुई हप्ता अघि इटहरीको खनार क्षेत्रबाट पक्राउ परेका ६ जना अनलाइन जुवासम्बन्धी अभियुक्तले प्रहरी हिरासतभित्रैबाट चलखेल सुरु गरेको खुलासा भएको छ। स्रोतका अनुसार अनुसन्धान कमजोर पार्न प्रहरी र सरकारी वकिलसँग मिलेमतो गर्न एक समूह सक्रिय भएको छ। झन्डै ६० लाख रुपैयाँ खर्चेर मुद्दा हल्का बनाउने प्रयास भइरहेको बुझिएको छ।

तीन दिन लामो विशेष अपरेसन

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको विशेष अनुसन्धान टोली (सिआईबी) ले इटहरी उप–महानगरपालिकामा सञ्चालन गरेको तीनदिने अपरेसनबाट क्रिप्टोकरेन्सीमार्फत हुण्डी कारोबार तथा अनलाइन जुवा सञ्चालनमा संलग्न ६ जनालाई पक्राउ गरिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले करीब १.५ करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेका छन्।

प्रहरीले त्यसवेला प्रभु नारायण चौधरी खनार–१२ प्रशिन चौधरी इटहरी–११,लाइ लामो समयदेखि बाइनेन्स र क्यास एप जस्ता क्रिप्टो वालेटमार्फत संयुक्त रूपमा हुण्डी कारोबार र अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। प्रभु यसअघि पनि मोरङमा क्रिप्टो कारोबारको अभियोगमा पक्राउ परिसकेका थिए।

बरामदः प्रभुबाट दुई थान र प्रशिनबाट एक थान उच्च प्रोसेसरयुक्त मोबाइल सेट समेत प्रहरीले जफत गरेका थिए । 

दोस्रो समूहः ‘सुरज’ भनिने सन्तोषसहित चार जना पक्राउ गरेका थिए । पक्राउ पर्नेहरुमा सन्तोष कुमार साह उर्फ सुरज, इटहरी–७, चन्दन डोम  इटहरी–११ ,निसान कुमार खवास सुन्दरहरैंचा–२ र लालबहादुर गौतम, इटहरी–१२ पक्राउ परेका थिए । सन्तोष पनि पहिले यस्तै मुद्दामा पक्राउ परिसकेका थिए। उनीहरूले क्रिप्टोको माध्यमबाट डिजिटल रूपमै विदेशी मुद्रामा लेनदेन गर्दै आएका थिए। ग्राहकको लागि ५–२० प्रतिशत कमिसनमा अनलाइन गेमिङ सहजीकरण गरिदिन्थे। कतिपय अवस्थामा धोखाधडी गरी रकम हराउने जस्ता क्रियाकलाप समेत गरेको खुलेको छ।

नेपालमा क्रिप्टो कारोबार प्रतिबन्धित

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार कानूनी रूपमा पूर्ण प्रतिबन्ध गरेको छ। विदेशी मुद्राको पलायन,अर्थतन्त्रमा अस्थिरता,वित्तीय प्रणालीमा जोखिम, हुने गरेको छ । 

मुख्य सूत्रधार अझै प्रहरीवाट वच्न सफल 

अनलाइन जुवा सञ्चालनको मुख्य अभियुक्त सुरेन्द्र चौधरी अहिलेसम्म पनि कानूनी दायराबाट बाहिर नै रहेका छन्। लगभग पाँच वर्षअघि बैंक ह्याकिङको अभियोगमा पक्राउ परेका उनी धरौटीमा छुटेपछि अनलाइन जुवा सञ्चालनको शैली परिवर्तन गर्दै आएका थिए ।

कसरी बचिरहेका छन् सुरेन्द्र ?

गरीब युवाहरूको बैंक खाता र मोबाइल प्रयोग गरेर कारोबार गरेकै कारण उनी सम्म प्रहरी सहजै पुग्न असफल भएका हुन । कुनै व्यवसाय, रोजगारी, वा सम्पत्ति स्रोत नरहेका उन्ले ४० लाखको विद्युतीय गाडी नगदमा खरिद गरेका छन् ।  गाडि खरिद गरे लगतै उनले १ करोड ५० लाख खिर्चएर आलिसान भनव खनारको हटिया लाइनमा ठड्याएका छन् । खनार र आसपसका क्षेत्रमा १० कठ्ठाभन्दा बढी जग्गा समेत उन्ले अनलाइ जुवावाटनै जोड्न सफल भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

स्रोत अनुसार, उनले अरूको नाममा कारोबार गराउँदै आफू पछाडि लुक्ने रणनीति अपनाएका छन् । यिनकै निगरानीका कारण ६ जना प्रहरी हिरासतमा पुगेका भए पनि सुरेन्द्र अझै प्रहरीको घेरा बाहिर छन् । पक्राउ परेको चन्दन डोम एकदमै गरिव परिवारको सदस्य हुन । उनीलाइ सुरेन्द्रलेनै प्रयोग गरेर अवैध जुवा खेलाउदै आएका थिए । अहिले सुरेन्द्रकै कारण चन्दन डोम प्रहरी हिरासतमा दिन कटाइरहेका छन् । 

surendra chudharya

तर, कोशी प्रदेश प्रहरी अनुसन्धान ब्युरो का अनुसार उनलाई लिएर अहिले गोप्य अनुसन्धान तीव्र पारिएको छ। अकुत सम्पत्तिको स्रोत खुलाउन अब संपत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि सुरु हुने संकेत देखिएको छ ।

यता अनलाइन जुवाका  मुख्य योजनाकार भनेर चिनिएका सुरेन्द्र चौधरीले आफुले कुनै गलत काम वाट पैसा आर्जन नगरेको प्रतिक्रिया दिएका छन् । फोनमा कुराकानी गर्दै सुरैन्द्रले आफ्नो पुरख्यौली सम्पती रहेको र पछिल्लो समय आफुले जग्गा कारोवारवाट सम्पती आर्जन गरेको बताएका छन् ।