बेसार (हल्दी) को फेस प्याक बनाएर छालामा लगाउन सकिन्छ। बेसार प्राकृतिक औषधीय गुणले भरिपूर्ण हुन्छ र यसले छालालाई स्वस्थ, चम्किलो र दागरहित बनाउन मद्दत गर्दछ। बेसारमा एन्टिब्याक्टेरियल, एन्टिफंगल, एन्टिअक्सिडेन्ट र सूजन घटाउने गुणहरू हुन्छन् जसले छालाका विभिन्न समस्याहरू समाधान गर्न सहयोग पुर्याउँछ।
बेसारको फेस प्याक कसरी बनाउने:
सामग्रीहरू
- चम्चा बेसार पाउडर
- चम्चा चिनी नभएको दही वा गुलियो नहुने दूध
-चम्चा बेसन ९वा यदि छैन भने चामलको पीठो
-२-३ थोपा कागतीको रस ९छाला संवेदनशील भए कागती नहाल्दा हुन्छ
बनाउने तरिका:
सवै सामग्रीलाई एकसाथ मिसाएर पेस्ट तयार गर्नुहोस्। यो पेस्ट न धेरै बाक्लो न धेरै पातलो हुनु पर्दछ। तयार पेस्टलाई सफा अनुहारमा सुत्नुभन्दा अगाडि लगाउनुहोस्। आँखाको वरिपरि नलगाउने ध्यान दिनुहोस्।
कति समय लगाउने :
यो फेस प्याकलाई १५-२० मिनेटसम्म अनुहारमा राख्नुहोस्। त्यसपछि मनतातो पानीले राम्ररी पखाल्नुहोस्। अनुहार पुछेर नरम मोइस्चराइजर लगाउनुहोस्।
फाइदाहरू:
-दागधब्बा हटाउनेस् बेसारले अनुहारको दाग, कालोपन, पिम्पलको दाग हटाउन मद्दत गर्छ।
-उज्यालो बनाउनेस् नियमित प्रयोगले छालामा प्राकृतिक चमक आउँछ।
-पिम्पल र संक्रमण नियन्त्रणस् एन्टिब्याक्टेरियल गुणका कारण बेसारले पिम्पल कम गर्न सहयोग गर्छ।
- छाला नरम बनाउने दही वा दूधको प्रयोगले छाला नरम र मोइस्चराइज रहन्छ।
सावधानीहरू:
-संवेदनशील छालामा पहिले थोरै भागमा टेस्ट गरेर मात्र प्रयोग गर्नुहोस्।
-दैनिक प्रयोग नगर्नुहोस्, हप्तामा २–३ पटक प्रयाप्त हुन्छ।
-यदि छालामा जलन वा एलर्जी देखिए तुरुन्तै पखाल्नुहोस्।
बेसार फेस प्याक प्राकृतिक, सस्तो र असरदार उपाय हो जुन घरेलु सामग्रीहरू प्रयोग गरेर सजिलै बनाउन सकिन्छ। नियमित प्रयोगले छालालाई स्वस्थ र सुन्दर बनाउँछ।




















