इटहरी: विश्व कविता दिवसको अवसरमा सुनसरीको इटहरीमा एक दर्जन बढि कविहरुले कविता वाचन गरेका छन् ।
इटहरी ६ स्थित तायरिप्ची भवनमा शब्द प्रवाहको आयोजनामा प्रसिद्ध कवि जसराज किराँतीले लेखेका कविताहरु कोशी प्रदेशका प्रख्यात विभिन्न कविहरुले वाचन गरेका हुन ।
कवि जसराज किराँतीले टेम्के, परशु र म, कवि हेमन यात्रीले तिमी र म,कवि टिका आत्रेयले मनका कुराहरु, कवि मुकुन्द प्रयासले मेरा प्रदेशको कुरा, डा.अस्मिता विष्टले मेरो जन्मदिन, कवि धिरज राईले हिउँ भन्दा चिसो, कवि प्रदिप मेन्याङ्वोले पहाडकी केटी शिर्षकमा कविता वाचन गरेका थिए ।
८० बर्षिय कवि किराँतीले विभिन्न समयमा लेखेका कविताहरु आज विभिन्न १५ जना कविहरुले वाचन गरेका थिए ।
कार्यक्रममा कवि जसराज किराँतीलाई विशेष सम्मान पनि गरिएको थियो । प्रमुख अतिथि प्रख्यात गितकार शिव शंकर थापाले कवि किराँतीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि थापाले किराँती र उनकी धर्मपत्नीलाई दुबोको माला लगाएर सम्मान गर्नुभएको थियो । कवि जसराज किराँतीका ३ कृतीहरु प्रकाशनमा रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।




















