इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपमा आज भएकाे अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवि फुटबल क्लब धनकुटा बिजय भएकाे छ । गाईघाट फुटबल क्लब उदयपुर लाई ३-२ गाेल अन्तरले हराउँदै धनकुटाले सेमिफाइनलकाे यात्रा सुरक्षीत गरेकाे हाे । 

निकै अनुभवी खेलाडी सहित मैदानमा हाेमिएकाे धनकुटा सुरुवाती समयमा निकै दबाबमा रहेकाे थियाे । आक्रामक र काउन्टर खेल माेडेलमा मैदानमा रहेकाे गाईघाट फुटबल क्लवले सुरुवाती हाफमा धनकुटा लाई दबाबमा राखे पनि दाेश्राे हाफमा खेल लाई लयमा ल्याउन नसक्दा  हार ब्याेहाेर्नु परेकाे थियाे ।

इटहरीको जनता बहुमुखी क्याम्पसकाे खेलमैदानमा भएकाे आजकाे खेल निकै राेमाञ्चित रहेकाे थियाे । 

FB_IMG_1738500514983

आजकाे खेलको म्यान अफ दि म्याच धनकुटाका  खेलाडी राजु लिम्बू  भए । उनले  नगद पाँच हजार प्राप्त गरे ।

भाेलिकाे पहिलाे सेमिफाईनल खेल लाेहाेरुङ एफ सि संखुवासभा  र दमक एकेडेमी फुटबल क्लब झापा बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ३० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।