इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको आज भएकाे क्वाटरफाइनल खेलमा लाेहाेरुङ फुटबल क्लब संखुवासभाले चारतारे युथ क्लब लाई हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेकाे छ ।
लेटाङ्ग लाई संखुवासभाले ०-१ गाेल गर्दै सेमिफाइनलकाे स्थान सुरक्षीत गरेकाे हाे । दुई बिदेशी खेलाडी सहित मैदानमा हाेमिएकाे संखुवासभाले खेल आफ्नाे पक्षमा पार्न निकै सकस परेकाे थियाे ।
खेलको म्यान अफ दि म्याच संखुवासभाका खेलाडी सुनिल खड्का भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
भाेलिकाे अन्तिम क्वाटर फाईनल खेल संहदेवि फुटबल क्लव धनकुटा र गाईघाट फुटबल क्लव बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ३० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।




















