सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु गर्ने भएको छ। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो।
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भन्दै प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ। यो खोप ९८ देखि १०० सम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ। यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा डोज दिए पुग्छ।




















