आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । दीपावली (तिहार) पर्वको पहिलो दिन नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गर्ने हिन्दु परम्परा अनुसार आज  ‘धनतेरस’ मनाईदै छ।सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई राख्ने प्रचलन रहेको छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ ।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दीपावली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण शुक्रबार तामा, पित्तल र काँसका भाँडा पसल तथा सुनचाँदीका गहना किन्ने प्रचलन रहेको छ । आज  किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

chadi