नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। हिजो अर्थात् बिहीबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला दुई हजार ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।