अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ। बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३४ रूपैयाँ २३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ८३ पैसा तोकिएको छ।
यसअघि गत शुक्रबार डलरको भाउ १३४ रूपैयाँ ८२ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १ पैसा बढी हो। ट्रम्प ट्रेडुको प्रभावको कारण डलरको भाउ बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।




















