सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। आइतबार ४७-४४ अंक र सोमबार ५७-९९ अंक गरी दुई दिनमा नेप्से १०५-४३ अंकले घटेको छ। आज २-१४ प्रतिशतले घटेर २६३९-९२ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब २८ करोड रूपैयाँ कमी आएको हो।

आज ३१९ वटा धितोपत्रको एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच भएको हो। सोमबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ।  यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९-९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ८६६ रूपैयाँ कायम भएको छ।