नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले प्रदेश भेला एवं अन्तरक्रीया कार्यक्रम गरेको छ । नेपाली काँग्रेस केन्द्रीय सदस्य राजिव कोईरालाको प्रमुख अतिथिमा संघको भेला तथा अन्तरक्रिया सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोईरालाले नेपालका विभिन्न खेल भातृ संगठनहरु संग सहकार्य गरि खेलकर्मीहरुको मनोबललाई उच्च बनाउदै खेलकुद क्षेत्रमा देखिएको सुस्तता निवारण गर्न यो संघले अघि बढ्नेमा आफु बिश्वस्त रहेको बताउनु भएको छ । 

कोईरालाले पछिल्लो समय सर्वसाधारणको खेलमोह बढेकोले यस लाई जनभावना अनुरुपनै खेलकुदकै माध्यमबाट पार्टीको गतिबिधि गर्न पनि खेलकुद संघ कोशी प्रदेश लाई आग्रह समेत गर्नु भएको छ । 

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशका पदाधीकारी,प्रदेश भरका जिल्ला प्रतिनिधि केन्द्रका महासचिव केन्द्रीय सदस्यहरु, पर्टीका नेता र लोकतान्त्रि खेलकुदमा आस्था राख्नेनेताहरुको उपस्थीति रहेको थियो ।