दुई दिनमा नेप्से परिसूचक १६० अंकले बढेको छ। सोमबार ४४.४५ अंक र मंगलबार ११४.७० अंक गरी दुई दिनमा नेप्से १५९.१५ अंकले बढेको छ।

मंगलबार नेप्सेले २६ सयको विन्दु पार गरेको हो। यसदिन नेप्से २६२३.५६ विन्दुमा बन्द भएको छ। अहिले नेप्सेले ३००१ विन्दु पुग्दा जोडेको अंकको अधारमा ६१ प्रतिशत आसपास रिट्रेसमेन्ट पाएर बढिरहेको छ। 

आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ। सोमबार तीन अर्ब ७१ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब ६१ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ९० करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०७ वटा धितोपत्रको एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भएको हो।