नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा आफू सभापतिको उमेदवार बन्ने बताएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बीपीको छोरो भएकाले आफूलाई हरेक विषयमा सबैभन्दा अगाडि सार्ने गरिएको पनि उनले उल्लेख गरे । उनले आफूले सहजै र हालसम्म पाँचपटक निर्वाचन जितिसकेको बताए । ठूलो नभई असल मान्छे बन्नुपर्नेमा बीपीले जोड दिएको उनले स्मरण गरे । असल मान्छे हुन पनि कठिन रहेको उनले बताए ।
न्युज एजेन्सी नेपाल




















