इटहरी । नेपाली काँग्रेस सुनसरी २"क" काे आयाेजनामा आज शनिवार काँग्रेस रन सम्पन्न भएकाे छ । महामानव विपी काेइरालाकाे १ सय ११ औं जन्मजयन्तीकाे अबसरमा सुनसरी २ "क" ले सप्ताह ब्यापी कार्यक्रम गर्दै आएकाे छ जस अन्तरगत आज ५ किलोमिटरकाे खुल्ला दाैड प्रतियोगिता सम्पन्न गरेकाे छ । इटहरीको टेलिकम बाट सुरु गरिएकाे दाैड प्रतियोगिता करिव आँपगाछी बाट पुन टेलिकम आएर सम्पन्नहुने रुट बनाईएकाे कार्यक्रम संयाेजक भबिन खड्काले जानकारी दिएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ धनु मानन्धरले १४ मिनेट ५१ सेकेण्डमा ५ किमि पूरा गर्दै पहिलाे भए । यसैगरी १४ मिनेट ५२ सेकेण्डमा बिक्रम लिम्बू र १५ मिनेट १५ सेकेण्डमा ओशन राईले निर्धारित दुरी पार गर्दै द्धितीय र तृतीय भए ।
त्यसैगरी महिलातर्फ १९ मिनेट २५ सेकेण्डमा सुनकला राई, १९ मिनेट ४६ सेकेण्डमा इन्द्रकला लिम्बू र १९ मिनेट ५६ सेकेण्डमा एलिशा राईले ५ किमि दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय भए । पुरुष र महिलातर्फ विजेताहरूले जनही नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस सुनसरीका सभापति केदार भण्डारी रहेका थिए ।




















