इटहरी । विपी कोईरालाको १ सय ११ औं जन्म जयन्तीको अवसर पारेर नेपाली काँग्रेस सुनसरी २ ‘क’ ले सप्ताह ब्यापी कार्यक्रम गरी मनाउने भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोईरालाले लामो समय सम्म नेपाली काँग्रेसको नेत्रीत्व गरेका थिए । 

कोईरालाको जन्म जयन्तीको अवसरमा बिभिन्न रचनात्मक कायक्रम गर्दै सम्झीन लागेको नेपाली काँग्रेस सुनसरी २ ‘क’का सभापती सुवेक्क्षु देवान राईले बताएका छन् । राईले भाली १९ गते देखी २४ गते सम्म बिभिन्न कार्यक्रम गर्ने जानकारी दिएका छन् । उनले पहिलो कार्यक्रम रामधुनी नगरपालीका वडा नम्मर ५ झुम्कामा रहेको मिनि पार्कमा वृक्षारोपण गरी सप्ताहा कार्यक्रमको उद्घाटन गरीने बताएका छन् । त्यसैगरी २२ गते काँग्रेस रनको आयोजना गरीएको बताए । सभापती राईले रनको लागी ५ सय धावकहरुले फारम भरी सकेको जानकारी दिएका छन् । 

राईले सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरेकाम छन् । उनले जसलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भन्ने गरेको जिकिर गरे । उनले तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्तिले नै गर्दा अहिले सम्म पार्टी रानीतिक टिकेको बताए । 

भदौ १९ बाट सुरु गर्ने सप्ताह ब्यापी कार्यक्रम भदौ २४ गते इटहरी ४ मुक्तीधाम मन्दीरमा वीपी साहित्य सन्ध्या गरी समापन गरीने सभापती देवान राईले जानकारी दिएका छन् ।