आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५.९३ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिकेन । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चियो ।
बैंकिङ २।३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे ।




















