मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११।९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०।४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटे ।
बैंकिङ ४।९५, विकास बैंक ४।१८, फाइनान्स ४।६९, हाइड्रोपावर ३।९६, लगानी ४।१३, जीवन बीमा ३।६५, उत्पादन २।९३, माइक्रोफाइनान्स २।९६, निर्जीवन बीमा २।४५, अन्य ३।८५ र व्यापार समूहको सूचक २।१६ प्रतिशत घटे । तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो ।




















