इटहरीमा भोली मंगलबारदेखि दोस्रो अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अल स्पोर्ट्स कलेक्सनले गरेको आयोजनामा दुई दिनसम्म प्रतियोगिता चल्ने छ । प्रतियोगितामा सुनसरी भरीका २८ वटा विद्यालयको सहभागिता रहने आयोजकले जानकारी जानकारी गराइएको छ ।
अघिल्लो वर्षदेखि प्रतियोगिता आयोजना गर्न थालिएको अल स्पोटृस कलेक्शनका प्रमुख बिमल मगरले बताएका छन् । इटहरीस्थित पाथीभरा फुटसलमा हुने प्रतियोगितामा गत वर्ष २६ विद्यालय सहभागी रहेकोमा यस वर्ष थप २ गरी २८ विद्यालयले सहभागिता जनाएको मगरले जानकारी दिए ।
बालबालिकाका खेलसम्बन्धी कौशललाई विकास गर्ने उद्देश्य राखी ुस्वास्थ्यका लागि खेलकुदु भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजारसहित शिल्ड र प्रमाणपत्र पाउने छ । उपविजेताले नगद २० हजारसहित शिल्ड र प्रमाणपत्र पाउने मगरले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले स्मार्ट बाईसाइकल पाउने र अन्य विधागत क्षेत्रका उत्कृष्ट हुनेहरुले जनही २ हजार र म्यान अफ द म्याचले १ हजार ५ सय र टफी पाउने आयोजकले जनाएको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न कूल २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मगरले जानकारी दिए । बालबालिकालाई विभिन्न खेलकुदमा सुरुदेखि नै अभिरुची जगाउँदै अगाडि लैजान पनि प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।





















