आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९।८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स भने १।०८ प्रतिशत बढेको छ । बैंकिङ ३।३१, विकास बैंक २।४४, फाइनान्स ३।५०, होटल तथा पर्यटन २।३८, हाइड्रोपावर ३।०४, लगानी ३।८३, जीवन बीमा २।५०, उत्पादन १।९८, निर्जीवन बीमा २।३२, अन्य ३।५५ र व्यापार समूह १।७६ प्रतिशत घटे ।
समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । विन नेपाल, उपकार, आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । थ्रीस्टार हाइड्रोपावरको ९।९, धौलागिरि लघुवित्तको ८।१, गुराँस लघुवित्तको ७।२, कर्पोरेट डेभलपमेन्ट बैंकको ६।९, सप्तकोशी विकास बैंकको ६।९ तथा समाज लघुवित्तको मूल्य ६।८ प्रतिशत बढ्यो ।




















