नेपाली बजारमा आज आइतबार सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेकोे सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा काराबोर भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो।