नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत भदौ २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।




















