सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४।४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो ।

दिनभर बजारमा तीव्र उतारचढाव देखियो । ११ स् ५८ बजे ३०४८ अंकसम्म पुगेको बजार २ स् ४२ बजे २९४७ अंकसम्म झरेको थियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।

४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०।८४ तथा निर्जीवन बीमा ०।४६ प्रतिशत बढे । विकास बैंक २।२५, फाइनान्स २।७९, होटल तथा पर्यटन ४।४९, हाइड्रोपावर ३।७४, उत्पादन २।५८, माइक्रोफाइनान्स ०।३१, अन्य ३ र व्यापार समूह १।३२ प्रतिशत घटे ।

बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स फाइनान्सको ६।९, उन्नति सहकार्यको ६।६, कर्णाली विकास बैंकको ५।२, नागरिक लगानी कोषको ४।७, बुटवल पावरको ४।६ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सगरमाथा जलविद्युत् कम्पनीको ८।५, न्यादी हाइड्रोको ८।४, शुभम पावरको ७।७, मातृभूमि लघुवित्तको ७।५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, कुमारी बैंक, एचआईडीसीएल र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।