मंकीपक्स प्रकोपको केन्द्र बनेको अफ्रिकी देशसँग ऐक्यबद्ध हुन नसके विश्व नै खतरामा पर्ने चिन्ता बढेको छ । मंकीपक्सको धेरै संक्रमण प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको छ ।
अन्य देशमा समेत मंकीपक्स देखिन थालेसँगै विश्व स्वास्थ्य संगठनले गत साताको बुधबार अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
यस वर्ष सन् २०२४ मा अफ्रिकामा अहिलेसम्म १८ हजार ७०० भन्दा बढी मानिसहरूमा मंकीपक्सको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५०० भन्दा बढीको मृत्यु भएको बताइएको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०ले मंकीपक्सलाई महाद्वीपीय सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
बेलायती थिंक ट्यांक चाथम हाउसका ग्लोबल हेल्थ प्रोग्राम एसोसिएट फेलो डा। एबेरे ओकेरेकेले मंकीपक्सको जोखिम विश्वकै लागि डरलाग्दो भएका बताएका छन् ।
कंगो, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकलगायत अफ्रिकी मुलुक मात्रै नभएर स्वीडेन र पाकिस्तानमा समेत मंकीपक्सको संक्रमण पुष्टि भइसकेको छ ।




















