नेपालमा ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो । 

साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० शाखाले जनाएको छ ।

सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ । ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ  ।