इटहरी । इटहरी बालग्राम चौकमा आफ्नै काकाले धारिलो हतियार प्रहार गरी आफेनै भतिजीको हत्या गरेका छन् । काका राम लुईटेलले डेढ बर्षे भतिजी लाई घरयासी बिबाद वा अन्य केही कारण धारीलो हतियारले प्रहार गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।  

खुकुरी प्रहार गर्ने लुईटेल लाई पक्राउ गरीएको इटहरीका डिएसपी टेक बहादुर कार्कीले जानकारी दिएका छन् । कार्कीले थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।