स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।




















