इटहरी । पुर्वाञ्चल फिल्म एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘सिटी अफ वार’ मा इटहरीका उदय शुब्बा देखिने भएका छन् । पछिल्लो समय धेरै चलचित्रमा बिभिन्न अभिनय गरिसकेका शुब्बा सिटी अफ वार चलचित्रमा हिरोनीको भेनाको रुपमा देखिने भएका छन् । बिजय सुब्बाको लेखन तथा निर्देशनमा निर्माणहुन लागेको यस चलचित्रको धरानमा शुभमुर्हत भईसकेको छ । 

यो फिल्मलाई याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले संयोजकत्व गर्दैछ । चलचित्रको मुख्य कलाकारको रुपमा जोसेफ लिम्बु र प्रशान्त राई रहेका छन् । ‘सिटी अफ वार’ धरानको परिवेशको कथा रहेकोले यसै पेरिफेरी रहेर चलचित्र निर्माण गरीने लेखक बिजय शुब्बाले बताएका छन् । 

शुब्बाले किशोरकिशोरीहरु लागुुऔषध र कुलतमा फसेपछीको अवस्थालाई चलचित्रमा प्रस्तुत गरिने बताएका छन् । उनले चलचित्र बाट धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास गरिएको बताए । करिव एक महिनाको छायांकन गरिने चलचित्र करिब दुई घण्टाको रहने छ ।