धरान । देवाशुर संग्रामको वेलामा समुन्द्रमन्थन गर्दा निस्कीएको अमृतवाट वनेको पिण्डमा महादेव अवस्थीतहुनु भएकोले त्यही अमृत पिण्ड पिण्डेश्वर महादेवको रुपमा प्रतिस्थापित हुनु भयो भन्ने किमदंति अनुसार यस धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । त्यसैले धरानको ऐतिहासीक विजयपुरगढीमा रहेको पिण्डेश्वर वावा धामलाई हिन्दु भक्तजनहरुले पवित्र तिर्थस्थलको रुपमा लिने गर्दन् । सुनसरीका विभिन्न शिवालयहरु पनि साउन महिनाभर भक्तजनको घुईचो लाग्ने गर्दछ तर विशेस गरी धरानमा रहेको पिण्डेश्वर वावाधाम मन्दिरमा यो महिना भरी जलचढाउनेहरुको ठुलो भिड लाग्ने गर्दछ ।
सुनसरीको वराहक्षेत्र भएर बग्ने कोकाहा नदि र कोशी नदि बाट ल्याइएको पवित्र जल पिण्डेश्वर वावाधाममा चढाउँदा मनोकामना पुराहुने धार्मिक मान्यता मानिदै आएको छ । साउन महिनाको प्रत्येक आइतबार धर्मालम्बीहरु गेरु वस्त्र धारण गरी खाली खुट्टा सुनसरीको वराहक्षेत्र वाट सप्तकोशीनदिको पवित्र जल ल्याइ पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाउने गर्दछन् ।
विशेस गरी यो महिनाभरी देशका विभिन्न स्थानमा रहेका शिवालयहरु गेरु वस्त्र मय बन्ने गर्दछन् । काठमाण्डौको पशुपतिनाथ , खोटाङ्गको हलेसीमहादेव ,झापाको अर्जुनधारा , सुनसरीको पिण्डेश्वरी लगायतका विभिन्न धार्मिक स्थलहरुमा साउन महिनाभरी भक्तजनहरुको घुइचोलाग्ने गर्दछ ।
यो महिनाभर भगवान शिवको आराधाना गरी जलचढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगाएत भारतको विहार, पश्चिमवंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायत स्थानवाट भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधाम समितिले जनाएको छ । यहाँ जल चढाउँदा चिताएको पुरा हुने जनविश्वास रहेको छ ।
पिण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ । त्यसैले सप्तकोशी नदीवाट खाली खुट्टा पैदल हिडेर यहा साउन महिनाको सोमवार जल चढाउनेहरुको ओईरो लाग्ने गर्दछ ।
यता पिण्डेश्वर बाबाधाम समितिले विगतको भन्दा यस बर्ष भक्तजनहरुलाई सहज तरीकाले जल चढाउने ब्यवस्था मिलाएको बताएको छ । समितिले विगतमा भन्दा स्वयम्सेवको संख्यमा वृद्धि, जनपथ प्रहरी, टाफिक प्रहरीको समेत परीचालनगरी भक्तजनहरुले सहज तरीकाले दर्शन गराउने ब्यवस्था मिलाएको समितिले जनाएको छ । गत बर्ष साउनभरि ५ लाख भक्तजन आएको र यो बर्ष यो संख्यामा अझ वृद्धिहुने आयोजक समितीले बताउको छ ।




















