सुन्दरहरैचा । देवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिले श्रावण महिनामा हुने विशेष धार्मिक कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।
मोरङको सुन्दरहरैँचा ६ मा रहेको शिवालयमा साउन ७ गतेदेखि २८ गतेसम्म विभिन्न धार्मिक गतिविधिहरू संचालन गर्नु विषयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । वणमास अनुष्ठान, धार्मिक प्रवचन, भजन कीर्तन सत्सङ्ग र विभिन्न रुद्राभिषेकहरु दैनिक हुनेभएको छ ।
धार्मिक क्षेत्रको रूपमा स्थापित गर्न प्रचारप्रसार गरी स्थानिय,प्रदेश र सघिय सरकार लाई सहयाृग मागेर संदिर परिसरमा सामुदायिक भवन,घेराबारा गरेर धार्मिक क्ष्ेत्रको रुपमा विकास गर्नमन्दिर व्यवस्थापन समितिका सचिव बलराम दाहालले बताए ।
२०३९ सालमा स्वः पिनाकी प्रसाद आचार्यले प्रदान गरेको ४ कट्ठा जग्गामा मन्दिर २०५८ सालमा निर्माण सम्पन्न भएर विभिन्न धार्मिक कार्यक्रमहरु हुदै आएको व्यवस्थापन समितिका कोषध्यक्ष मणिन्द्र कट्वालले जानकारी दिए ।
सनिवार बिहान कलश यात्राले मंदिर परिसर बाट बजार परिक्रमा गरि पुन मंन्दिरमा आएर समापन गरिने भने ७ गतेदेखि धार्मिक कार्यक्रमहरु सुरुहुने छ ।
व्यवस्थापन समितिका अध्यक्ष ज्योतीखर अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शेषनारायण दिव्यधामका मठाधिश स्वामी डा. यतिराज आचार्य लगायतको सहभागिता रहेको थियो ।




















