सुनसरी साउन २ गते ।। साउन महिनामा महिलाहरु हरियो,पहेँलो चुरा,मेहन्दी पहेँलै रगंको वस्त्र लगाउने गर्दछन् । विशेष गरि हरियो पहेँलो चुरा र हातभरी विभिन्न रगंीविरगीं मेहन्दी लगाउने त होडबाजी नै चलने गर्दछ । साउन लाग्न साथ स साना देखी ठुलालाई मेहन्दी र चुरा लगाउन हतारो हुनेगर्छ । यो समयमा मेहन्दि लगाउन विभिन्न पार्लरहरुमा भिड नै लाग्ने गर्छ । आर्थिक हिसावले सम्पन्नहरु विभिन्न पार्लरहरुमा मेहन्दी लगाउन पुग्छन् भने आर्थिक अवस्था कमजोर भएकाहरु सडकमै बसेर पनि लगाउने गर्छन् ।
तर यो चुरा मेहन्दी लगाउने धार्मिक हिसाबले भन्दा पनि फेसनको रुपमा लगाउने क्रम बढेको देखिएको छ । उमेर अलि काटेकाहरुले धार्मिक परम्परा अनुसार लगाए पनि पछिल्लो पुस्ताका युवालाई यस विषयमा खासै जानकारी छैन । उनीहरुले समय अनुसारको फेसनका लागि मात्रै लगाउने गरेको बताउँछन् । सुनसरीको इटहरीमा मेहन्दी लगाउदै गरेरी अनुजा अधिकारी सकैले लगाएको देखेर आफुलाई पनि लगाउन मन लागेको बताउछिन् ।
अरुले धार्मिक हिसावले लगाए पनि आफुहरुको पुस्ताले भने धार्मिक कुराले भन्दा पनि फेसनका लागि लगाएको अधिकाँस युवा महिलाहरको भनाइृ रहेको छ ।
उनीहरु जस्तै वर्तमान पुस्ताहरु धर्मिक परम्पराले नभएर फेसनका लागि संस्कारको निरन्तरता दिँदै छन् । पार्लरहरुमा मेहन्दी लाउन पुग्नेहरुमा धार्मिक महत्वको बारेमा जानकारी नहुने गरेको ब्युटिसीयनहरुको भनाई रहेको छ । पुराना पुस्ता कतिपय महिलाहरुले सगुनको रुपमा लगाए पनि युवा जेनेरेसनले फेसनका रुपमा मात्र बुझ्ने गरेको उनीहरुको भनाइ रहेको छ ।
साउनमा सवैले हरियो चुरा पोते र विभिन्न डिजाईनका मेहन्दि लगाए पनि त्यसको खास महत्व भने कमैले बुझेका छन् । अरुले लगाएको देखासीखी गरी लगाउने क्रम सुरु भएको छ । मेहन्दी धार्मिकसँगै प्राकृतिक हिसावले पनि महत्वपूर्ण रहेको देखिन्छ । असारमा पानी हिलोसँगको सम्पर्कबाट छालामा विभिन्न रोगहरु सर्न सक्ने भएकाले छालाको सुन्दरताको लागि मेहन्दी लगाउने गरिएको भएता पनि पछिल्लो समय फेसनले यसको महत्वनै विगारेको अग्रजमहिलाहरको भनाई छ ।
परम्परा र संस्कारलाई फेसनको रुपमा लिँदै त्यसको निरन्तरता दिनु समयानुसार भएपनि त्यसको वास्तविक महत्व बुझ्दै र वास्तविक तौर तरिका अनुसार नै फेसनेवल बनाउन सके राम्रो हुने थियो ।




















