चिसो मौसममा ल्वाङ हालेर बनाएको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। ल्वाङ प्राकृतिक औषधि हो, जसमा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लामेटरी गुण पाइन्छ। यसले शरीरलाई तातो प्रदान गर्छ र चिसोबाट बच्न मद्दत गर्छ। ल्वाङको चिया बनाउन सजिलो छ र यसका स्वास्थ्य लाभहरू धेरै छन्।

ल्वाङ हालेर चिया बनाउँदा, सामान्य चियामा अदुवा, सुकमेल र दालचिनीसँगै ल्वाङ थपिन्छ। यसको स्वाद अलिक तिखो र मसालेदार हुन्छ। चिसोमा यो चिया पिउँदा घाँटी दुख्ने, रुघाखोकी, ज्वरोजस्ता समस्याबाट राहत पाइन्छ। यसले शरीरमा रगतको प्रवाहलाई सुधार गर्न मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। ल्वाङमा हुने एन्टिअक्सिडेन्टले शरीरबाट टक्सिन हटाउन मद्दत गर्दछ। चिसोले गर्दा हुने जोर्नी दुखाइ र पेटको समस्या पनि यसले कम गर्छ। बिहान वा बेलुका चिसो समयमा ल्वाङको चिया पिउँदा शरीरलाई आराम र तातो अनुभव हुन्छ। तर, ल्वाङको चिया धेरै मात्रा पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ, त्यसैले सन्तुलनमा राखेर मात्र सेवन गर्नु उचित हुन्छ। चिसो समयमा स्वास्थ्यलाई दुरुस्त राख्न, ल्वाङको चिया घरमै बनाएर पिउनु अत्यन्त लाभदायक हुन्छ।