मैदाबाट बनेका खानेकुरा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छन्। यी खानेकुराहरूमा पोषणको मात्रा कम र स्वास्थ्यलाई हानि पुर्‍याउने तत्व धेरै हुने गर्दछ। मुख्यत मैदाबाट बनेका परिकार जस्तै पाउरोटी, बिस्कुट, केक, चाउचाउ, समोसा, पराठा, तथा पिज्जा नियमित रूपमा खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।

१ पाचन समस्याहरू

मैदा प्रशोधित गहुँबाट बनाइन्छ, जसमा फाइबर नहुने भएकाले पाचन प्रक्रिया ढिलो बनाउँछ। यसले कब्जियतको समस्या निम्त्याउन सक्छ।

२.रक्तचाप र तौल वृद्धिस्

मैदामा ग्लाइसेमिक इंडेक्स उच्च हुने भएकाले यसले रगतमा चिनीको मात्रा छिटो बढाउँछ। यसले मोटोपना, मधुमेह, र उच्च रक्तचापको सम्भावना बढाउँछ।

३.पोषणको कमीस्

मैदामा भिटामिन, खनिज, र फाइबर नहुने भएकाले यसले शरीरलाई आवश्यक पोषण प्रदान गर्दैन।

४. हृदय रोगको जोखिम

मैदाबाट बनेका खानेकुराहरूमा ट्रान्स फ्याट र चिनी धेरै हुने भएकाले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ।

५. एलर्जी र सूजनस्

केही व्यक्तिहरूमा ग्लुटेन एलर्जी हुने सम्भावना रहन्छ। मैदाले शरीरमा सूजन उत्पन्न गर्न सक्छ, जुन विभिन्न स्वास्थ्य समस्याको कारण बन्न सक्छ।

मैदाको सट्टा गहुँको पिठो, जौ, वा कूटु जस्ता स्वस्थ विकल्प प्रयोग गर्न सकिन्छ। प्रशोधित खानेकुराको सट्टा घरमै बनाएका ताजा र पौष्टिक परिकार खाने बानीले दीर्घकालीन रूपमा स्वास्थ्यलाई राम्रो बनाउँछ।