इटहरी : इटहरीका विभिन्न स्थानहरूमा लाग्ने परम्परागत हटिया, सहरको विकाससँगै हराउँदै गएका छन् । आधुनिकता र शहरीकरण सँगै ग्रामीण क्षेत्रमा एक समय परम्पराको रूपमा स्थापित यस्ता हाट बजार क्रमशः हराउँदै गएको हो ।
साप्ताहिक रुपमा इटहरीका बिभिन्न सहर जस्तै, तरहरा, खनार,पचरुकी,बालग्राम लगायतका स्थानमा लाग्ने हटिया सहरिकरणको प्रभावले हराउँदै गएका छन्। ग्रामीण क्षेत्रमा एक समय परम्पराको रूपमा स्थापित यस्ता हाट बजार अहिले सहाई सकेको इटहरी—१७ का तेजनारायण चौधरी बताउछन् । उनले भने,“स्थानीय आदिवासी समुदायले यी हटियाहरूलाई आफ्नो संस्कृति र पहिचानको हिस्सा मान्दै आएका थिए, तर आधुनिकता र शहरीकरण सँगै यसको अस्तित्व संकटमा परेको छ।”
सब्जिमण्डीहरूको बढ्दो संख्या र ब्यापारीहरूको गाउँसम्म पुग्ने सुविधाले हटियाको प्रचलन हराउँदै गएको हो । पहिले परम्परागत हटियामा, किसानहरूले आफ्नो उत्पादन सीधा उपभोक्तासम्म पु¥याउँथे, इटहरीका ग्रामीण क्षेत्रका किसानहरूले उब्जिएको साग सब्जि तथा तरकारीलाई हटियामा ल्याएर बेच्थे, जसले गर्दा स्थानीय उपभोक्ताहरूलाई ताजा र सस्तो पथ्र्यो । तर, केही बर्ष देखी बजारमा सब्जि मण्डी र सटर ब्यापारको वृद्धिले परम्परागत हटियाको महत्त्वलाई घटाएको छ ।

इटहरी—१० का सुरज चौधरी भन्छन्, “पहिले हामीले फलाएको सब्जि हटियामा बेच्थ्यौं, तर अहिले हटियामा ग्राहक नआउँदा मण्डीमा बेच्न बाध्य छौं ।” उनले भने, ‘हामीले बिक्री गर्ने भन्दा महंगोहुन्छ तै पनि उपभोक्ता हटियामा भन्दा मण्डीमा नै जान रुचाउँछन्। त्यसैले स्थानीय किसानहरूले लगाउने हटिया हराउँदै गएको छ ।’
स्थानीय किसानहरू पनि अब हटियामा समय र श्रम खर्च गरेर उत्पादन बेचनुको सट्टा बजारमा नै जान रुचाउँछन्। इटहरी—७ गैसारमा परम्परागत हटिया गर्न आएका उत्तम खरेल भन्छन्,“मण्डी भन्दा ताजा सब्जि हामी हटियामा पाउँछौं । यो मण्डीको भन्दा सस्तो पनि हुन्छ तर अचेल यस्तो हटियाको प्रचलन हराउँदै गएको छ ।”
मूल्य प्रतिस्पर्धा र गाँउ बाटनै व्यापारीले सब्जि उठाउँदा परम्परागत हटिया प्रभावित भएको हो । यसका साथै, बजारमा सब्जि मण्डीको विकासले स्थानीय उपभोक्ताहरूका लागि सरल भएकोले परम्परागत हटियाको आकर्षण कम भएको हो ।
परम्परागत हटियाको अस्तित्व केवल आर्थिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक र सामाजिक रीतिरिवाजको दृष्टिले पनि महत्त्वपूर्ण रहेको इटहरी—१२का स्थानिय रोहीत झाको भनाई छ । उनले भने , “यसले किसान र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धलाई प्रगाढ बनाउँछ, जसले समुदायमा एकता र सहकार्यको डोरी बलियो हुन्छ।”
झा भन्छन्,‘हालको समयमा, यदि परम्परागत हटियालाई पुनः स्थापित गर्ने हो भने, किसानहरूले नयाँ तरिकाहरू अपनाउनु आवश्यक छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने छ ।




















