साफ यू(२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दुवैले पेनाल्टीसुटआउटमा खेल जितेका थिए । फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाईनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए ।  बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म यात्रामा धेरै उताचढाव भएको भन्दै फाइनलका लागि तयार रहेको बताए ।